ब्रेकिंग न्युज

लागु औषध सहित २५ जना पक्राउ



काठमाडौँ, २२ असोज

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट दुई जना पक्राउ परेका छन् । त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ जमुनी बजारबाट दुई, मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट तीन, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट एक, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहाचोकबाट एक र बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट तीन, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सागरपथबाट दुई तथा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ बाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम बरामद गरेको छ ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६