ब्रेकिंग न्युज

कांग्रेसको १५औँ महाधिवेशन :लुम्बिनीबाट पदाधिकारी र केन्द्रीय सदस्यमा को को छन प्रतिस्पर्धामा ?



कपिलवस्तु २२ असोज
कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारी र केन्द्रीय सदस्यमा को को छन प्रतिस्पर्धामा रु भन्ने प्रश्न चासोका साथ हेरिएको छ । लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीका विभिन्न पदमा ७ जनाले प्रतिस्पर्धा गर्दैछन् । पार्टीको उपसभापतिका लागि तीन जनाले प्रतिस्पर्धा गर्दैछन् । दाङका दीपक गिरी, गुल्मीका डा चन्द्रकान्त भण्डारी र नवलपरासीका विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् । चौधरीले समावेशी उपसभापतितर्फ उम्मेदवारी दिएका हुन् ।महामन्त्रीमा रोल्पाका अमरसिंह पुन तथा सहमहामन्त्रीमा कपिलवस्तुका अभिषेकप्रताप शाह, दाङका योगेन्द्र चौधरी र नवलपरासीका देवेन्द्रराज कँडेलले प्रतिस्पर्धा गर्दैछन् ।रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका पुन हाल पार्टीको लुम्बिनी प्रदेश सभापति छन् ।

सहमहामन्त्रीमा प्रतिस्पर्धा गरिरहेका योगेन्द्र चौधरी विशेष महाधिवेशनबाट सहमहामन्त्री भएका थिए । अभिषेकप्रताप शाह र देवेन्द्रराज कँडेलले पहिलोपटक सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । शाह प्रतिनिधिसभा सदस्यसमेत हुन् । कंडेल यसअघि यसअघि केन्द्रीय सदस्य थिए ।महाधिवेशनमा लुम्बिनी प्रदेशबाट एक हजार नौ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन् ।केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट दर्जनौँले प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेश खुल्लातर्फ तीन पदका लागि ९ जनाले प्रतिस्पर्धा गरेका छन् । जसमा अमरप्रसाद भण्डारी, कमलप्रसाद भुसाल,कमलकिशोर घिमिरे, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, प्रदीपराज शर्मा, मोतीलाल भण्डारी,विष्णुप्रसाद खनाल र हिराबहादुर खत्री उम्मेदवार छन् । कार्की र न्यौपाने प्रदेश सरकारका पूर्व मन्त्री हुन् । हिरा खत्री देवदह नगरपालिकाका पूर्वमेयर हुन् ।

केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा–महिला एक पदका लागि कमला हमाल,बबिता शाही,सञ्चिता ज्ञवाली, सुष्मा पाण्डे र सुस्मिता ढुंगाना गरी ५ जनाले प्रतिस्पर्धा गरेका छन् ।केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा खुल्ला एक पदका लागि अनुकूल रेग्मी, अनुराग खड्का, कुमार आचार्य, दिपेन्द्र रेग्मी, राकेश यादव, ई शम्भु रेग्मी र डा। सुदनकुमार वली गरी ७ जनाले प्रतिस्पर्धा गर्दैछन् । रोल्पाका डा। वली अर्थशाष्त्री हुन् । उनी प्रदेश योजना आयोगका पूर्वसदस्य हुन् ।

यस्तै केन्द्रीय सदस्य खुल्लामा लुम्बिनी प्रदेश सांसदहरू निमा गिरी, जमुना ढकाल, प्रा।डा। गोविन्दराज पोखरेल, पूर्वमन्त्री जन्मजय तिमिल्सेना, पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाह, पूर्वप्रदेश सांसद निर्मला क्षेत्री, इन्जिनियर अमृत ज्ञवाली, हिमालदत्त श्रेष्ठ, बुटवलका मेयर खेलराज पाण्डेय, विजय गुरुङ, सुशील गुरुङ, गंगा शाही, रिता सेन ओली लगायत उम्मेदवार छन् ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६