ब्रेकिंग न्युज

बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद



तेह्रथुम, २३ असोज

आगामी बडादसैँ लगायतका चाडपर्वलाई लक्षित गरी तेह्रथुममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज सदरमुकाम म्याङलुङका एक दर्जन पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चारवटा पसलबाट रु छ हजार ३९४ मूल्य बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तःशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको र बजार अनुगमनलाई आगामी दिनमा पनि नियमित गरिनेछ । अनुगमनप्रति प्रतिक्रिया दिँदै श्रीजन स्टोरका सञ्चालक अमृत रेग्मीले उपभोक्ता हित संरक्षणको लागि नियमित रुपमा बजार अनुगमन हुन आवश्यक रहेको बताउनुभयो । अनुगमनमा म्याङलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६