ब्रेकिंग न्युज

‘सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’



नारायणगढ (चितवन), २४ असोजः

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताउनुभएको छ । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उहाँले बताउनुभयो । अध्यक्ष घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिनुभयो । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका समस्या पनि प्रभावकारी रूपमा समाधान गर्नुपर्ने उहाँको भनाइ छ । महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विद्युत्, शिक्षा, स्वास्थ्य तथा राइड सेयरिङलगायत क्षेत्रमा थप कर लगाउन नहुने भन्दै अध्यक्ष घिसिङले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कानुन निर्माण गर्दा जनताको हित र देशका विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्य राख्नुपर्ने उहाँको भनाइ छ । कानुन बनाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले त्यसको कार्यान्वयन पनि उचित ढङ्गले हुनुपर्ने बताउनुभयो । विगतमा देखिएको निराशा अन्त्य भएर आशा जाग्ने जनअपेक्षा हालसम्म पूरा हुन नसकेको उहाँको भनाइ छ । यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सङ्गठन तथा सदस्यता विस्तारको काम देशभर व्यापक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । पार्टीको संरचनागत सुधार गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । —

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६