देश

तीन सय विद्यार्थीलाई ‘स्वेटर’ प्रदान



जुम्ला, २५ असोज

सिटिजन्स बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई ‘स्वेटर’ प्रदान गरेको छ । विद्यालय परिसरमा शनिबार आयोजित एक कार्यक्रममा आर्थिक रुपमा विपन्न उनीहरुलाई यहाँस्थित बैङ्कका शाखा प्रबन्धक केसाङ लामाले स्वेटर प्रदान गर्नुभएको हो । उहाँले भविष्यमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको उन्नयनका निम्ति बैङ्कले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछिराम खड्का तथा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरेकामा बैङ्कप्रति आभार व्यक्त गर्नुभयो ।

प्रकाशित : २५ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६