अर्घाखाँची, २५ असोज
छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् । दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले राससलाई जानकारी दिनुभयो । घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।









प्रतिक्रिया