ब्रेकिंग न्युज

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती



बागलुङ, २ कात्तिक

बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ । काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आउनुभएको छ । उहाँहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आउनुभएको छ । भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गर्नुभएको हो । उहाँहरूको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायत सागसब्जी उत्पादन हुँदै आएको छ । फर्ममा सागसब्जीका बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरिएको छ । सागसब्जी बिक्रीबाट वार्षिक नौ लाख आम्दानी हुने गरेको कला छन्त्यालले बताउनुभयो । हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन भइरहेको छ । विशेषगरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्दा राम्रो आम्दानी हुने उहाँले बताउनुभयो ।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६