ब्रेकिंग न्युज

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै



काठमाडौँ, २ कात्तिक

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालका लागि यो खेल महत्वपूर्ण छ । ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ । अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । शङ्खलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो । छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अङ्क पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ । तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ । नेपालले यसअघि शृङ्खलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो । अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहो¥याउन चाहन्छ । एकदिवसीय अन्तरराष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन् । जसमा दुवैले समान ६–६ खेल जितेका छन् । पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ ।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६