अन्तर्राष्ट्रिय

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए



जेरुसेलम, २ कात्तिक ९रासस÷सिन्ह्वा


गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य अब्दुल्लाह मोहम्मद खमिस जाबेर मारिएका छन् । उनी हमासको हतियार उत्पादनसम्बन्धी गतिविधिमा सङ्लग्न रहेको सेनाको दाबी छ । तुफाह क्षेत्रमा गरिएको अर्को आक्रमणमा हमासको सैन्य शाखाका एकाइ कमाण्डरका रूपमा पहिचान गरिएका माजेद अहमद मुस्तफा सब्बाग मारिएको सेनाले जनाएको छ । त्यसैगरी, उत्तरी गाजाको जबालिया क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाको इन्जिनियरिङ बटालियनका सदस्य आमेर बसिर मोहम्मद खौरानी मारिएको इजरायली सेनाले जनाएको छ । इजरायली सेनाका अनुसार, मारिएका तीनै जना हालै इजरायली सैनिकविरुद्धका आक्रमणमा सङ्लग्न थिए । उनीहरूले हमासको सैन्य क्षमता पुनःस्थापित गर्ने प्रयास गरिरहेको पनि सेनाको दाबी छ । सेनाले आक्रमणअघि सर्वसाधारणको हताहती कम गर्न सटीक निशाना लगाउन सक्ने हतियार र हवाई निगरानीलगायतका उपाय अपनाइएको जनाएको छ । आक्रमणमा सर्वसाधारणतर्फ भएको सम्भावित क्षतिबारे भने सेनाको विज्ञप्तिमा विस्तृत विवरण उल्लेख गरिएको छैन । –––

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६