अन्तर्राष्ट्रिय

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु



वेनराइट (क्यानाडा), २ कात्तिक (रासस\एएफपी) :


क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताउनुभएको छ । शनिबार अपराह्न प्रशिक्षण क्षेत्रमा सुरु भएको आगो तीव्र गतिमा फैलिँदा अभ्यासरत सैनिकहरू प्रभावित भएका थिए । अधिकारीहरूका अनुसार १९ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्न सक्ने मेजर जनरल वेड रटल्यान्डले बताउनुभयो । प्रारम्भिक निरीक्षणमा ऊर्जा पूर्वाधारमा क्षति पुगेको सङ्केत नदेखिएको र बाह्य हस्तक्षेपको आशङ्का नरहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कार्नीले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेटोको सैन्य समितिका अध्यक्षले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । घटनापछि एडमन्टनस्थित अस्पतालमा घाइतेको चाप बढेको थियो । आगलागीका कारण अल्बर्टाको अग्रिम मतदानसमेत प्रभावित भएको छ । क्यानाडाबाट अलग हुने विषयमा भविष्यमा जनमतसङ्ग्रह गर्ने प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने प्रस्तावमा सोमबार मतदान हुँदैछ । निर्वाचन व्यवस्थापन निकायले वेनराइटस्थित अग्रिम मतदान केन्द्र बन्द गरिएको जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६