अन्तर्राष्ट्रिय

जेलेन्स्की र रुबियोबीच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल



किएभ, ३ कात्तिक (रासस सिन्ह्वा)

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताउनुभएको छ । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने, रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने तथा स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउने आवश्यकताबारे कुराकानी भएको जानकारी दिनुभएको छ । त्यसैगरी, जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि दुवै नेताबीच छलफल भएको उहाँले उल्लेख गर्नुभयो । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न देखाएको तत्परता र स्पष्ट अडानका लागि रुबियोलाई धन्यवाद दिनुभएको छ । उहाँले टेलिफोन वार्तालाई ‘अर्थपूर्ण’ र ‘रचनात्मक’ भएको बताउनुभएको छ । दुवै नेताले पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गर्न छिट्टै पुनः कुराकानी गर्ने सहमति पनि जनाएका छन् । यसअघि आइतबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरसँग शान्ति प्रक्रियाका विषयमा छलफल गर्नुभएको थियो । रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला युक्रेनले आफ्नो रक्षा क्षमता सुदृढ गर्न अमेरिकासँग सहयोग मागिरहेको छ ।

प्रकाशित : ४ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६