कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार



दमौली (तनहुँ), ८ कात्तिक

तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ । तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ । तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्धेश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पु¥याएको ढुङ्गानाले बताउनुभयो । तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो । तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् । किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ । धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो । धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ । तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन् । तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन् । दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ । –––

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६