गण्डकी

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै



नारायणगढ (चितवन), १० कात्तिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताउनुभएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उहाँले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । मन्त्री रावलले भन्नुभयो, “प्राप्त सुझावका आधारमा काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ । नियम र नीतिका कारण काम रोक्ने वा बाधा अड्काउ हुने अवस्था छैन । जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ ।” मन्त्री रावलले लालपुर्जा वितरणको कामलाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको बताउनुभयो । मन्त्री रावलले आफूले सहकारी पीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी स्थानीयका समस्या र गुनासा सुनेको तथा सरकारले गरिरहेका कामबारे उहाँहरुलाई जानकारी गराएको बताउनुभयो । —

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६