खोज–अनुसन्धान

कपिलबस्तुको राजापानीबाट २८ ग्रामभन्दा बढी ब्राउन सुगर सहित २ जना पक्राउ,नियन्त्रणमा लिन प्रहरीद्वारा २ राउण्ड हवाई फायर



डिलाराम भुसाल

कपिलवस्तु १५ कार्तिक

लागुऔषध कारोबार र दुव्र्यसनी विरुद्ध सशक्त अभियान चलाइरहेको कपिलवस्तु प्रहरीले वाणगंगामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध ९ ब्राउन सुगर० सहित दुई जनालाई आज पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाको संयुक्त टोलीले वाणगंगा नगरपालिका ३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मनोहर भट्टको कडा निर्देशन तथा ईलाका प्रहरी कार्यालय पिपराकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त सफलता हासिल गरेको बताएको छ । लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाका प्रहरी निरीक्षक सागर भट्टराई र निरीक्षक कार्कीको कमाण्डमा खटिएको संयुक्त टोलीलाई देखेपछि शंकास्पद व्यक्तिहरू भाग्न खोजेको र भाग्न खोज्ने अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षक सागर भट्टराईले ब्यारेटा ९सानो हतियार० बाट २ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीको कारबाहीपछि
कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय सलाउँद्दीन मुसलमान र वाणगंगा नगरपालिका ६ बस्ने २९ वर्षीय उमेश थारुलाई नियन्त्रणमा लिइएको बताएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लाष्टिकसहित २४र८१० मिलीग्राम ९शुद्ध २४।१८० मिलीग्रामं० र उनीहरूले प्रयोग गरेको युपि ५५ एभि २६५९ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि लुकाइराखेको प्लाष्टिकसहित ५।८४० मिलीग्राम ९शुद्ध ४।६४० मिलीग्राम० गरी जम्मा शुद्ध २८ ग्राम ८२० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ बरामद गरिएको बताएको छ ।
जिल््लामा अपराध र लागुऔषध सञ्जाल ध्वस्त पार्न प्रहरी प्रमुख एसपी मनोहर भट्टले अपनाएको शून्य सहनशीलताको नीति र पिपराकी प्रहरी निरीक्षक कालिका कार्कीको सक्रियताका कारण यो सफलता सम्भव भएको स्थानीयले बताएका छन्।निरीक्षक कार्कीको कमाण्डमा ७ जनाको टोलीले घटनास्थलमा पुगेर घेराबन्दी गरी अभियुक्तहरूलाई उम्कन नदिई नियन्त्रणमा लिएको बताएको छ ।
सवारी साधन ९भारतीय मोटरसाइकल० र ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको प्रहरी नायब उपरीक्षक रेपिन्द्रकुमार सिंहलेबताएका छन् । कपिलवस्तु प्रहरीको यो कदमले सीमावर्ती क्षेत्रमा हुने अवैध लागुऔषध कारोबारमा संलग्नहरूलाई ठूलो धक्का पुगेको छ ।

प्रकाशित : १६ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६