ब्रेकिंग न्युज

कांग्रेस देउवा पक्षको कपिलवस्तु सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित



कपिलवस्तु १५ कात्तिक

नेपाली कांग्रेसको देउवा पक्षको १५औँ नियमित जिल्ला अधिवेशनबाट कपिलवस्तु जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।


तौलिहवामा सम्पन्न अधिवेशनबाट जिल्ला सभापति सहित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरू निर्विरोध चयन भएका हुन्।
निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अहमद खाँ र दुर्गा केसी निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा मनोज पौडेल र मनोज कनौडिया तथा सहसचिवमा विजय खनाल र जमिल अहमद खाँ निर्विरोध निर्वाचित भएका छन्।


अधिवेशनबाट खुलातर्फ १७ जना जिल्ला कार्य समिति सदस्य चयन भएका छन्। जिल्लाका ६ वटा नगरपालिकाबाट तीन÷तीन जना र ४ वटा गाउँपालिकाबाट दुई÷दुई जनाका दरले जिल्ला कार्य समिति सदस्य समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।


नवनिर्वाचित सभापति सिंहका अनुसार जिल्ला कार्यसमितिको बैठकबाट कोषाध्यक्ष मनोनयन गरिनेछ।
निर्विरोध नेतृत्व चयनसँगै देउवा पक्षको जिल्ला संगठनले नयाँ नेतृत्व पाएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टीको संगठनात्मक गतिविधि र जिल्ला तहको राजनीतिक जिम्मेवारीलाई अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित : १६ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६