डिलाराम भुसाल
कपिलवस्तु, १७ कार्तिक
नेपाल र भारतबीचको सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सूचना आदानप्रदानलाई अझ बढी प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका साथ रुपन्देहीमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच दशौं डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ स्थित होटल कसाईको सभाहलमा सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा उक्त बैठक सम्पन्न भएको बताएको् छ ।

बैठकमा नेपालको तर्फबाट नेतृत्व गरेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी ) दिपक अधिकारीले सीमा सुरक्षालाई थप चुस्त बनाउन दुवै तर्फका सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहने बताएको बताएको छ । ूबैठकमा उठेका सम्पूर्ण विषयहरूको कार्यान्वयनका लागि समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको अधिकारीले बताएका छन् । ूभारतीय सशस्त्र सीमा बल (एस एफ वि ) बाट प्राप्त प्रतिबद्धता सराहनीय छ । आफ्ना मातहतका गणपतिहरूलाई थप सक्रियता र सजगताका साथ कार्यक्षेत्रमा खटिन समेत निर्देशन अधिकारीले दिएको बताएको छ ।
यसैगरी, भोटेकोशी बाढीका बेला भारत सरकारले र्पुयाएको सहयोग तथा नदीले बगाएका शवहरूको खोजी र हस्तान्तरणमा भारतीय पक्षले देखाएको तत्परताप्रति अधिकारीले धन्यवाद ज्ञापन गरेको बताएको छ ।

यस्तै, भारतीय सशस्त्र सीमा बल ((एस एफ वि )को तर्फबाट टोलीको नेतृत्व गरेका लखीमपुर खिरी सेक्टर हेडक्वाटरका उपमहानिरीक्षक (डीआईजी ) बी विक्रमनले सीमा व्यवस्थापनलाई थप सुरक्षित र सुदृढ बनाउन ुडिजिटल बोर्डरु को अवधारणा र बाहिनी स्तरीय द्रुत सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र निर्माण गर्नु आजको आवश्यकता रहेको बताएको बताएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध चोरी(निकासी तथा पैठारी, नक्कली मुद्रा, लागूऔषधको ओसारपसार, मानव तस्करी र तेस्रो देशका नागरिकहरूको गैरकानुनी प्रवेशजस्ता सीमा अपराध रोक्न विस्तृत छलफल भएको र दशगजा क्षेत्रमा संयुक्त गस्ती, खेलकुद तथा विविध सामाजिक कार्यहरूलाई निरन्तरता दिने र सीमा स्तम्भहरूको समयमै मर्मतसम्भार गर्ने सहमति समेत भएको बताएको छ ।
बैठकमा सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तेजप्रसाद पोखरेलले स्वागत मन्तव्य मा भएको उक्त वैठकमा गत बैशाख ३ गते भारतको रुपैडिहामा भएको नवौं समन्वयात्मक बैठकका निर्णयहरूको समीक्षा गर्दै साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको बताएको छ ।
उक्त बैठकमा लुम्बिनी प्रदेशका सीमावर्ती जिल््लाका सशस्त्र प्रहरी गणपतिहरू, भारतीय गोरखपुरका उपमहानिरीक्षक दीपक बरनवाल र पाच पाच वटा बटालियनका बटालियन कमाण्डरहरूको बाक्लो उपस्थिति रहेको बताएको छ ।









प्रतिक्रिया