अन्ताल्या (टर्किए), २५ कात्तिक
परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहनुभएका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गर्नुभएको हो । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराउनुभयो । भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । —![]()









प्रतिक्रिया