अन्तर्राष्ट्रिय

कोप–३१ मा ठूला नेताको अनुपस्थिति



अन्ताल्या (टर्की), २५ कात्तिक (रासस/एएफपी):
जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् । यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन् । तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानाडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनुहुनेछ । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ । सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली सङ्घ (इयु) को जोडबीच बहस हुने अपेक्षा गरिएको छ । सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन् ।

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६