काठमाण्डौं, २६ कात्तिक
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । बिहीबार बिहान उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
ज्येष्ठ नागरिकको सुविधा पाउने उमेर अर्थात् ६५ वर्ष पूरा भएपछि रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकको सुविधाअनुसार उनलाई कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो ।
तिहारअघि नै प्राप्त संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारले जनाएको छ ।









प्रतिक्रिया