ब्रेकिंग न्युज

उद्योगी–व्यवसायीबीच सहकार्य बढाउन व्यापार संघको जोड



कपिलवस्तु, ५ मंसिर

उद्योग व्यापार संघ, कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले जिल्लाको उद्योग तथा व्यापार क्षेत्रको विकास, व्यवसायीबीच सहकार्य र व्यावसायिक एकतालाई थप मजबुत बनाउनुपर्ने सन्देश दिएको अध्यक्ष टोपनारायण बेल्बासेको भनाई रहेको छ।
संघका अध्यक्ष टोपनारायण बेल्बासेले साधारण सभा सफल बनाउन सहयोग गर्ने संघमा आबद्ध सदस्य, उद्योगी–व्यवसायी, अतिथि तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको विकासका लागि आपसी सहकार्य, एकता र संस्थागत सक्रियता आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि सबै पक्षको निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा वरिष्ठ उद्यमी ताराकुमारी रोकाय, केन्द्रीय सदस्य गिरिराज पौडेल र रहिस खान लगायत प्रदेश पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
जिल्लाको आर्थिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवद्र्धन र व्यवसायीका साझा समस्या समाधानमा निजी क्षेत्रका संस्थाबीच सहकार्य महत्वपूर्ण मानिन्छ। साधारण सभाले यस्ता विषयमा संस्थागत पहल र व्यवसायीको साझा आवाजलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई समेत उजागर गरेको अध्यक्ष बेल्बासेको भनाई रहेको छ । कार्यक्रममा उद्योगी, ब्यापारीहरुको उल्लेख्य सहभागिता रहेका संघले जनाएको छ।

प्रकाशित : ६ मंसिर २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६