ब्रेकिंग न्युज

पहिलो चौमासिकमा शिवराजको डेढकरोड राजश्व



कपिलवस्तु ७ मंसिर

शिवराजमा चालु आवको पहिलो चौमासिकमा झण्डै डेढकरोड राजश्व संकलन भएकोछ । कपिलवस्तुको शिवराज नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को चार महिनाको अवधिमा १ करोड ४२ लाख ५० हजार २ सय ६३ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।११ वटा वडा रहेको शिवराज नगरपालिकामा सबैभन्दा बढी राजस्व वडा नं. ५ ले सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रसमेत रहेको वडा नं. ५ ले चार महिनाको अवधिमा १६ लाख ६६ हजार ७ सय ४७ राजस्व सङ्कलन गरेको हो ।त्यसैगरी वडा नं. ६ ले १२ लाख ८४ हजार १ सय ७२ र वडा नं. १ शिवपुरले १० लाख ४ हजार १ सय १६ राजस्व सङ्कलन गरेका छन् ।वडा नं. ३ ले ६ लाख ४२ हजार ६ सय ८ , वडा नं. ९ ले ६ लाख ७ हजार ८ सय ४५ वडा नं. २ ले ५ लाख ५ हजार ३ सय १४ र वडा नं. ४ ले ४ लाख ७० हजार ५ सय ३४ राजस्व उठाएका छन् । यस्तै वडा नं. ११ ले ४ लाख ३० हजार ५ सय , वडा नं. ७ ले ३ लाख ४३ हजार ६ सय ५८ र वडा नं. ८ ले २ लाख ६२ हजार ५ सय ६ राजस्व सङ्कलन गरेका छन् ।यस अवधिमा सबैभन्दा कम राजस्व वडा नं. १० ले सङ्कलन गरेको छ । उक्त वडाले २ लाख ४८ हजार ४१ राजस्व उठाएको छ ।वडागत राजस्व सङ्कलनबाहेक नगरपालिकाको कार्यालयबाट ६७ लाख ८४ हजार २ सय ४८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । नगरपालिकाको कुल राजस्व सङ्कलनमा कार्यालयको योगदान उल्लेख्य देखिएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६