ब्रेकिंग न्युज

चालु आवमा नगरको ७ करोड बजेट



कोषकी उपाध्यक्ष आनीको पहिलो तिलौराकोट भ्रमण

कपिलवस्तु ७ मंसिर

तिलौराकोट सहितको पर्यटन क्षेत्रलाई ७ करोड विनियोजन गरेर कपिलवस्तु नगरले विकासको नयाँ अभियान अघि बढाएकोछ । ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कपिलवस्तु नगरपालिकाले ७ करोड ४५ लाख रुपैयाँका विभिन्न योजना अघि सारेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित बजेटबाट तिलौराकोटदेखि तौलिहवा बजार, जमुवार पुल, डंगरी पोखरी र रामघाटसम्म पर्यटकीय पूर्वाधार विकास गरिने भएको हो ।योजनाअन्तर्गत तिलौराकोटसम्म सडक बत्ती जडानका लागि २ करोड, तौलिहवा–तिलौराकोट सौन्दर्यीकरणका लागि १ करोड, जमुवार पुलनजिक पार्क निर्माणका लागि ५० लाख र डंगरी पोखरी सौन्दर्यीकरणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सार्वजनिक शौचालय निर्माणका लागि १ करोड, चपरतल्लामा पार्क तथा छठघाट निर्माणका लागि ५० लाख र सडक पूर्वाधार विकासमा ५० लाख रुपैयाँ छुट्याइएको छ ।नगरप्रमुख सुदीप पौडेलले ऐतिहासिक सम्पदाको संरक्षण गर्दै कपिलवस्तुलाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले योजना अघि सारिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव र योजना शाखा प्रमुख राजेश कुमार शैनीले पनि योजनाहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको जनाउनुभएको छ । यसैगरी, रामघाटमा राममूर्ति निर्माण, दाहसंस्कार चेम्बर, बसपार्क मर्मत, जगदीशपुरमा कभर्ड हल तथा बुद्धपद्म खेलमैदानमा जाली र गेट निर्माणलगायतका योजना पनि समेटिएका छन् ।योजनाहरू कार्यान्वयन भए तिलौराकोटसहित कपिलवस्तुका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको आकर्षण बढ्नुका साथै पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधि र रोजगारीमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यता लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य–सचिव इञ्जिनियर सन्तोष पाण्डेयसहितको टोलीले कपिलवस्तुका तीन महत्वपूर्ण बुद्धस्थलको अवलोकन तथा निरीक्षण गरेको छ । पदभार ग्रहण गरेको दुई दिनपछि टोलीले शुक्रबार तिलौराकोट, निग्रोधराम कुदान र गोटिहवाको भ्रमण गरेको हो । अवलोकनका क्रममा उपाध्यक्ष डोल्मा र सदस्य–सचिव पाण्डेयले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि प्रधानमन्त्रीसँग समेत पहल गर्ने उनीहरूको भनाइ छ।टोलीले बुद्धस्थलको संरक्षण, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिँदै लुम्बिनी आउने पर्यटकलाई कपिलवस्तुसम्म आकर्षित गर्ने गरी एकीकृत पर्यटन विकास अघि बढाउने जनाएको छ।लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले टोलीलाई सम्पदाको ऐतिहासिक तथा पुरातात्विक महत्व र संरक्षणका योजनाबारे जानकारी गराएका थिए।टोलीमा परिषद्का दुई नवनियुक्त सदस्य, वरिष्ठ निर्देशक ज्ञानिन राई र इन्जिनियर अफजल पठानलगायत सहभागी थिए । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६