बुटवल १४ माघ ।बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो । नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता सङ्केतहरु छन्…