भैरहवा, २९ माघ । रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् । केही समय यता विद्युतको समस्या झेल्दैआएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले ३३ केभिए तथा…