काठमाडौं ८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् ।सोमबार विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने उल्लेख गरिन् ।विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित मिडियामा पुग्न नसकेको र…