काठमाण्डौ २९ मंसिर - बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बन्नु भएको हो ।बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको…