काठमाडौं, १० पुस । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उनको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो । भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए ।…