काठमाडौं ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको १५ बुँदे सुझावलाई तिरस्कार गर्दै सरकारले विवादित नागरिकता विधेयक हुबहु प्रतिनिधिसभाबाट दोस्रोपटक पारित गराएपश्चात चुनावको मुखमा नयाँ राजनीतिक हलचलका पूर्वसंकेतहरू देखिएका छन् । राष्ट्रपतिबाट ‘विद्रोही कदम’ चालिनसक्ने भयले सत्ता गठबन्धनको केन्द्रभागमै तनाव सिर्जना भएको छ । प्रतिनिधिभा र राष्ट्रियसभाबाट ध्वनीमतका आधारमा पारित भएर आएको नागरिकतासम्बन्धी विधेयकलाई १५…