दाङ, ३१ साउन । दाङको देउखुरीमा करिब १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक एडिबीको संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् । दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए…