काठमाण्डौ, १९ असार । स्कुलभित्रै कर्मचारीको ज्यान गएको विषयलाई लिएर आफन्तहरूले काठमाण्डौ बुद्धनगरको काठमाण्डौ मोडेल (केएमसीं) स्कुलमा तोडफोड गरेका छन् । तोडफोडका कारण स्कुलको डिजिटल बोर्ड लगायतका केही भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले पनि तनावकै अवस्था रहेको छ । आफन्तले अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने, शवको अवस्था हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन्…