दाङ, १४ चैत्र । दाङका किसानले घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, राप्ती गाउँपालिका लगायतका ठाउँका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै घाँस बेचेर राम्रो आम्दानी गरिरहेका छन् । पशुुका लागि घाँसको जोहो गर्न निकै सास्ती बेहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ७, १७ लगायतका वडाका प्रायजसो…