बाँके, २४ फागुन । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १०प ४७५७ नंको मोटरसाइकलले गएराति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।…