काठमाडौं १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रको विवाद अर्का अध्यक्ष केपी शर्मा ओली र आफ्नो नभई पार्टीलाई कम्युनिष्ट पार्टी बनाउने कि बुर्जुवा अवस्थामा छाड्ने भन्ने वहस भएको बताएका छन् ।बाहिर आफ्नाबारेमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेको बताउँदै अध्यक्ष प्रचण्डले बाहिर हेर्दा नेकपाभित्रको विवाद दुई अध्यक्षको…