अन्तर्राष्ट्रिय

सरगरमाथाको नयाँ उचाई घोषणा हुदै,कति बढ्यो उचाई ?



काठमाडौँ ११ मंसिर । मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त प्रस्ताव स्वीकृत भएको छ,मन्त्री अर्यालले भनिन्, अब मन्त्रालयले छिट्टै सगरमाथाको नयाँ उचाइ आधिकारीक रूपमा घोषणा गर्नेछ 

    सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

    मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ । ुसगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरिसकेको छ, मन्त्रिपरिषद्बाट स्वीकृति मिलिसकेपछि अबको केहीदिनमै नयाँ उचाई सार्वनिक गर्छौं,मन्त्रालय स्रोतले भन्यो ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६