कपिलवस्तु २७ कार्तिक । कपिलवस्तुका वासिन्दा समेत रहनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उहालाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख…