प्रदेश

पत्रकारको भेलामा नेपालले भने जाड रक्सी नखानु , थाहा पाए राम्रो नहुने चेतावनी



काठमाडौँ  २७ कार्तिक ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जाँड(रक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरे । ‘तपाइँहरूमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटल धाइधाइकन नखाइकन निद्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ । तपाइँको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नुहुन्छ तपाइँ ।

तपाइँको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाइँको खराब बानी व्यवहार छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाँड(रक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । बिहान उठने बित्तिकै एक प्याक ल्याउ भन्नेहरू हुन्छन् । त्यो हो भने ठीक हुँदैनु नेता नेपालले भनेका छन् ।

उनले रक्सी खाँदै नखान र राम्रो स्वास्थ्य बनाउन पनि सुझाव दिए । उनले भने, खाँदै नखानुस् । नखाए तपाइँको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनू र राम्रो काम गर्नुस् ।’यस्तै उनले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । 

सम्बोधनको क्रममा उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरेका थिए । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६