रामेछाप ७ फागुन । रामेछापको मन्थली नगरपालिका- १ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटना भएको हो ।उनीहरुलाई उपचारका लागि मन्थलीमा…