अर्थ-वाणिज्य

स्वास्थ्य बिमाको प्रभाव : बिरामीको थेगी नसक्नु चाप



कपिलवस्तु ६ फागुन कपिलवस्तुको वाणगंगा स्थित पिपरा अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा स्वास्थ्य बिमा लागु भए पछि बिरामीको चाप बढेको हो । विशेष गरि दिर्घ रोगी,सुघर पे्रसर,दम,मुटुरोगी लगायतका बिरामीहरु अस्पतालमा आउने गरेका छन ।अस्पतालमा दैनिक जसो ८० देखि १ सय बिरामी आउने गरेका छन ।अस्पतालमा वालक देखि वृद्ध सम्मका बिरामी आउने गरेका छन ।

    यहाँ आएका विरामीलाई अस्पतालले दिन सक्ने उपचार गरि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल,मेडिकल कलेज भैरहवा,देवदह लगायतका अस्पतालमा बिरामीहरुलाई थप उपचारका लागि रिफर गरिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रंजिता कुमारी महतोले बताउनु भयो । 

    प्राय विरामीहरु कुनै पनि रोग लाग्दा बित्तिकै नआउने बिरामी भएको अलि बढि भएपछि मात्र आउने गरेको डाक्टर महतोले बताउनु भयो । रोग लाग्ने बित्तिकै अस्पतालमा आएमा रोग निको हुन समय नलाग्ने उहाँले बताउनु भयो ।  अस्पतालमा गरिब तथा बिपन्न परिवारका विरामीहरु धैरै आउने गरेकाछन , उहाँले भन्नु भयो । स्वास्थ्य बिमाले गर्दा आर्थिक रुपले कमजोर भएका मानिसहरुलाई सहज भएको छ । अस्पतालमा चालु आर्थिक वर्षमा ९ हजार ७ सय २९ बिरामीले सेवा लिएका छन।  

स्वास्थ्य बिमा के हो ?

    स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

    सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन । 

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६