काठमाडौँ २६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो ।उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ…