कपिलवस्तु २१ चैत्र । कपिलवस्तुको वाणगंगा नगरपालीकाले राहत कोषमा संकलन हुने रकमवाट राहत सामाग्री खरिद गर्न सिलविन्द दरभाउ विवरण माग गरेको छ । नगरका उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा सामाग्री खरिद गर्न स्वतन्त्र नागरिक संस्थाहरु सम्मीलीत टोली गठन गरेको र उक्त समितिलाई विहिवार वसेको कार्यपालीकाको वैठकले अनुमोदन गरेपछि शुक्रवार नगरले सूचना प्रकाशित गरि सिलवन्दि दरभाउ माग गरेको हो…