काठमाडौँ २ असार । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपा की दिलकुमारी रावलले विश्वसँगै नेपालसमेत कोभिड–१९ कोरोना भाइरस सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद…