काठमाण्डौ, ०७ चैत्र । गृह मन्त्रालयले मिटरब्याज अर्थात अनुचित लेनदेनसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गएको फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न भएको चार बुँदे सहमति अनुसार डेस्क…