प्रदेश

जंगली जनावरबाट बाली जोगाउन स्थानीयलाइ भोटे कुकुर



अर्घाखाँची, ०७ चैत्र । पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न स्थानीयलाई भोटे कुकुर बितरण गरेको छ ।

वडा नं. २ को आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गरीएको हो ।

जंगली जनावरको बिट्ठयाँइले कृर्षकका अन्नबाली जोगाउन मुस्किल भएपछि वडा कार्यालयले शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। “अहिले ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडाध्यक्ष पौडेलले भने “ रैथाने कुकुरलाई जंगली जनावरले नटेर्ने र ति कम सक्रिय हुने हुदा, भोटे कुकुर आक्रमक र सकृय पनि हुने भएकोले जंगली जनावरको आतंक कम गर्न सकिने विश्वास लिएका छौ।”

वडा कार्यालयले वडामा ९ वटा भोटे कुकुर वितरण गरेको छ । वितरण गर्दा भौगोलिक बनावट, बसोवासको अवस्था तथा कृषी गर्ने स्थानको आधारमा वितरण गरीएको वडाध्यक्ष पौडेलले बताए । वितरण गरीएका कुकुर कास्कीमा हुर्कीएका शुद्ध नश्लका स्वस्थ भोटे कुकुर रहेको उनको भनाई छ ।

भोटे कुकुर पाए पछि बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरहरु नियन्त्रणमा सहयोग पुग्ने आशा लिएको स्थानीयले प्रतिकृया दिए । वडाले दिएका कुकुरहरुलाई राम्रोसंग हेरचाह गरी हुर्काउन र सहि तरीकाले परिचालन गर्न अध्यक्ष पौडेले स्थानीयलाई अनुरोध गरेका छन् ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६