देश

गृहमन्त्रीमाथि छानबिनका लागि समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै



काठमाण्डौ, ०७ चैत्र । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो ।

उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद बैठक अबरुद्ध गर्ने चेतावनी पनि दिनुभयो । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका र पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले पनि सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना भएको देखाएकोले छानबिन आबश्यक भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रतिनिधि सभाको बैठकमा लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गर्नुभएको थियो । त्यसमा आपत्ति जनाउँदै सांसद न्यौपानेले सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गर्नुभयो ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६