प्रदेश

डेढ महिनापछि खुल्यो तानसेन रानीमहल सडकखण्ड



पाल्पा, ०६ चैत्र । तानसेन रानीमहल सडकखण्ड साढे एक महिनापछि खुलेको छ। गत माघ १७ गतेदेखि सडक मर्मतका लागि बन्द गरिएको थियो। सोमबार (आज) देखि सडक सुचारू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनका अनुसार अब सवारी आवागमन हुनेछ। यो बाटो हुँदै स्याङ्जाको कालीगण्डकी गाउँपालिकासम्म सवारीसाधन चल्छन्। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम भएको थियोे। सडक चौबीस घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिएको थियो।

सडक सुचारू भएपछि रानीमहल पुग्ने पर्यटकलाई सहज हुने भएको छ। सडक मर्मत भएपछि यात्रुलाई जोखिम कम हुने भएको छ। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।

रानीमहल पुग्ने यात्रुले तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए। यस्तै बगनासकाली दैलातुङ हुँदै रानीमहल पुगेका थिए। यी दुबै बाटो निकै लामो दुरीका थिए।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६