बुटवल, ०१ चैत्र । रोटरी ईन्टरनेश्नल ३२९२ को १६ औं डिष्ट्रिक कन्फ्रेन्स भोली शुक्रबारदेखि बुटवलमा शुरु हुँदैछ । तीन दिने कार्यक्रमको तयारी पूरा भएको रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलमले बताए । डिष्ट्रिक अन्तरगत १५६ क्लबहरुका ६ हजार सदस्यहरु छन् । चैत ४ गतेसम्म हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुँदैछन ।…