प्रदेश

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भोलीदेखि रोटरी ईन्टरनेश्नलको डिष्ट्रिक कन्फ्रेसन



बुटवल, ०१ चैत्र । रोटरी ईन्टरनेश्नल ३२९२ को १६ औं डिष्ट्रिक कन्फ्रेन्स भोली शुक्रबारदेखि बुटवलमा शुरु हुँदैछ । तीन दिने कार्यक्रमको तयारी पूरा भएको रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलमले बताए ।

डिष्ट्रिक अन्तरगत १५६ क्लबहरुका ६ हजार सदस्यहरु छन् । चैत ४ गतेसम्म हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुँदैछन । समुदायका लागि आवश्यक परियोजनाका बारेमा कार्यक्रममा छलफल समेत हुने उनले बताए । ३ दिन चल्ने कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा समेत मद्दत मिल्ने उनले बताए । विभिन्न बक्ताहरुबाट सेसन संचालन हुने भन्दै उनले युवा विदेश पलायन र रोकथामका विषयमा बक्ताका रुपमा टिकाराम यात्री शुक्रबारको प्रस्तुती रहने बताए । यसैगरि रोटरी ईन्टरनेश्नलको प्रतिनिधिका रुपमा अष्ट्रेलियाबाट डेनिस रोल सहभागी हुने उनले बताए ।

कार्यक्रममा डिजी राजेन्द्र ध्वजुले निक्कै महत्वपूर्ण र बहुउदेश्यका साथ कार्यक्रम गर्न लागेको बताए । रुपन्देहीलाई चिनाउने रुपमा समेत यो धेरै महत्वपूर्ण हुने उनको तर्कछ । आशा जगाउने गरि यो महत्वपूर्ण कार्यक्रम हुन लागेको उनले बताए । रोटरीका प्रत्येक सदस्यबाट ७५ डलर योगदान वापत त्यसको प्रतिफलमा ६६ प्रतिशत बढी बास्केट फण्डबाट विभिन्न परियोजना भित्राउन सफल भएको उनले दाबी गरे ।

विश्वभरबाट नै रोटरी फाउन्डेसन बास्केटबाट परियोजनाको माग अनुसार बजेट दिँदै आएको उनले बताए । सर्भिस प्रोजेक्ट गर्ने विषयमा धेरै क्लबहरुलाई ज्ञान नभएका पनि हुँदा यो कार्यक्रममा यसबारेमा समेत जानकारी दिईने उनले बताए । कार्यक्रम सम्पन्न गर्न ढाई करोड खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा पत्रकार दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले रुपन्देहीलाई चिनाउने गरि महत्वपूर्ण कार्यक्रम हुन लागेको बताए ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६