सन्धिखर्क, ०९ माघ । अर्घाखाँचीमा लम्पी स्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ । हाल सङ्क्रमित गाईगोरुको सङ्ख्या सात हजार २४१ पुगेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका…