बिजनेस

राष्ट्रिय मुर्तिकार्यशाला समापन महाउत्सब बन्यो : सग्रहवाको महत्त्व देश बिदेशमा फैलियो



पार्वती पाण्डे कपिलवस्तु ९ माघ । सगरहवाको राष्ट्रिय मुर्तिकार्यशालाको समापन सत्र महाउत्सब जस्तो बनेपछि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कुनै पनि कार्यक्रममा यस्तो जनसहभागिता देख्न नपाएको धेरै बर्षमा देख्न पाइयो भन्दै आश्चर्य व्यक्त गर्नु भएको छ । यो प्रकारको जन चेतनाले कर्पिलवस्तुको पर्यटन प्रवर्धनमा सवै सहकार्य गरेर अघि बढ्नुपर्ने शिक्षा मिलेको बताउनु भयो । कपिलवस्तुको सगरहवामा मूर्तिकला कार्यशाला गरेर यहाँको पर्यटन विकासमा स्वागतयोग्य र महत्वपूर्ण काम भएको उहाँले बताउनुभयो । सांसद घिमिरेले कपिलवस्तुमा आएर आफनो कला प्रदर्शन गर्नुभएकोमा मूर्तिकारलाई धन्यवाद दिनुभएको छ । कार्यशाला सम्पन्न गर्न निकै मेहनत गर्नु भएका प्रदेश सभा सदस्य विष्णु पन्थीले सगरहवामा संचालित मूर्तिकला कार्यशालाबाट आफु निकै खुशी भएको बताउनुभयो । स्थानीय समुदायको अपनत्व र सहभागीता देखेर आफु धेरै उत्साहित भएको बताउदै सांसद पन्थीले कार्यशाला समापन नभएर पर्यटनको क्षेत्रमा पवित्र कार्यको महा उत्सब र महाजागरन भएको बताउनुभयो । सगरहवाको महत्वले विश्वमै पहिचान दिने काममा टेवा पुग्ने बताउदै उहाँले यसको संरक्षण र व्यवस्थापनमा सवै निकायसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले कार्यशालाको समापन ऐतिहासिक दिन परेको श्रीराम अयोध्या फर्कने पवित्र दिन परेकाले यसको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले यस ठाउँमा मूर्तिकारहरुको सिर्जना पस्कने ऐेतिहासिक कामले आफु खुशी भएकाले यसको संरक्षण र विकासमा सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सगरहवामा संचालित राष्ट्रिय मूर्तिकला कार्यशाला कपिलवस्तु नगरपालिका वडा न।९ स्थित सगरहवामा पौष २३ देखि माघ ८ गते सम्म संचालितथियोे । यता नगर प्रमुख पौडेलले लुम्बिनी विकास कोषलाई कार्यशाला संचालन गरेर नगरको विकासमा टेवा पु¥याएको विशेष धन्यवाद दिनुभएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तम्छालीले बुद्धले दिएको उपदेश आत्मसाथ गर्दै शान्तिभूमिको पहिचानमा थप काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कला संस्कृति विश्वसामु चिनाउन विभिन्न स्थानमा लुकेर रहेका कला संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभयो । समारोह समापनमा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले समाजमा देखेका राम्रा कुरा उजागर गर्नु हाम्रो दायित्व भएको बताउनुभयो । पुरातात्विक क्षेत्रलाई अर्थ र पर्यटनसंग नजोडे सम्म जनताले कुनै लाभ नपाउने बताउनुभयो । पर्यटनले जनतालाई केही दिदैन भने त्यो पर्यटन र विकास होइन, कोषाध्यक्ष भट्टराईले भन्नुभयो, पुरातात्विक क्षेत्र भन्दै घरेर मात्र राख्ने चिज होइन । लुम्बिनी विकास कोषको पुरातात्विक क्षेत्रको विषयमा विभिन्न निकायसंग बहस हुन थालेको छ, उहाँले भन्नुभयो, पुरातात्विक क्षेत्रलाई प्रगतीशिल बनाउनुपर्छ । स्थानीयको सथ सहयोगमा आफू निकै उत्साहित भएको बताउनु भयो ।कार्यक्रममा विज्ञ समितिका संयोजक पोमनारायण पौडेलले सगरहवामा संचालित मूर्तिकला कार्यशालाको अबको योजना, व्यवस्थापन र संरक्षणका विषयमा स्थानीय समुदाय, पालिका, प्रदेश, संघीय सरकार तथा सरोकारवालाको भूमिकाबारे जानकारी दिनुभएको थियो ।कार्यक्रममा समाजसेवी ललित गुरुङले मूर्तिकला कार्यशालाबारे केही पत्रकारले तथ्यहिन र भ्रामक समाचार लेखेको विषयले दुखी बनाएको बताउदै यहाँको पर्यटन विकासमा विरोध भन्दापनि हातेमालो गर्न सवैमा आग्रह गर्नुभयो ।समापन समारोहमा जगदिश जलाशय सामुदायिक थारु होमस्टेका स्थानीय कलाकारले थारु संस्कृति झल्कने गित संगित तथा नृत्य प्रस्तुत गरेका थिए । मूर्तिकार तथा कार्यशालामा प्रत्यक्ष सहयोग पु¥याउने समूह, संघसंस्था, सहयोगी निकाय, वैंकका प्रतिनिधीलाई सम्मान गरिएको थियो।
समापन समारोहमा कार्यशालाको समग्र आय व्यय विवरण आयोजकले सार्वजनिक गरेका थिए । मूर्तिकला कार्यशालाको खर्चका विषयमा पारदर्शीताको लागि उपस्थित सहभागी तथा सरोकारवाला निकायलाई अनुमानित लागत खर्च कार्यक्रम स्थलमै सार्वजनिक गरेका थिए । राष्ट्रिय स्तरमा ख्यातीप्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकारहरुले सगरहवा संग सम्वन्धित कथालाई चित्रण गर्दै १८ वटा मूर्ति तयार पारेका छन् । उनीहरुलाई सम्मान स्वरुप २६ लाख नगद प्रदान गरिएको छ । सोही अवसरमा १५ सदस्यीय सगरहवा मूर्ति ९पार्क० संरक्षण समिति गठन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न। ९ का वडाअध्यक्ष दिपक गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६