तुलसीपुर, ०८ भदौ । यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले बिहीबारदेखि चालक निरोगिताको प्रमाणपत्र कार्यालयबाट सर्वसुलभ मूल्यमा दिने व्यवस्था मिलाएको छ। यसअघि कार्यालय बाहिर रहेका ड्राइभिङ सेन्टरबाट सेवाग्राहीले ३ सय रुपैयाँमा लिने गरेकोमा अब कार्यालयबाट ३८ रुपैयाँमा निरोगिताको प्रमाणपत्र पाइने कार्यालयले जनाएको छ। कार्यालयले सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा दिने व्यवस्था…