दाङ, ३० फागुन । दाङको नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो। अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता…